५ सय विद्यार्थीलाई राहत वितरण

देश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण विश्व नै ठप्प छ । विश्वका अधिकांस देशले लकडाउन गरेर सामाजिक दुरी कायम गर्दै कोरोना भाइरसको महामारी फैलिनबाट रोकिरहेको छ । यसैक्रममा नेपाल पनि गत चैत्र ११ गतेदेखि लकडाउन छ । यसको कारणले दैनिक ज्याला गरेर बसिरहेका श्रमिक मारमा परेका छन् । काम बन्द भएपछी बिहान बेलुकीको छाक टार्न समस्या परिरहेको खबर मिडियामा आइरहेको छ ।

केहि संस्था तथा व्यक्तिले यस्तो बेलामा राहत उपलब्ध गराईरहेका छन् । यसैक्रममा काठमाडौंमा समस्यामा रहेका विद्यार्थीहरुलाई नेपाल विधार्थी संघले राहत वितरण गरेको छ । नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैधको संयोजनमा र केन्द्रीय सदस्य रघु कार्कीको व्यस्थापनमा पशुपति क्याम्पसमा झन्डै ५ सय बढीविधार्थीलाई राहत वितरण गरिएको हो । आइतबार वितरण गरिएको राहत लिन विद्यार्थीहरु सतर्कता अपनाउदै आइपुगेका थिए ।

‘लकडाउन बढ्दै जाँदा उच्च शिक्षा हासिल गर्न नेपालको विभिन्न भूभागबाट आउनु भएको विद्यार्थीहरुलाई समस्या परिरहेको छ । धेरै समस्यामा रहेकाहरुले राहतको नाममा गरिने प्रचारप्रसारले गर्दा अगाडी आउन सक्नु भएको छैन । त्यसैले हामीले विद्यार्थी लक्षित रहात कार्यक्रम ल्याउदै वितरण गरेका छौँ’ नेता कार्कीले भने । राहत वितरणले विद्यार्थीलाई केहि हदसम्म सहयोग पुगेको बताए । कोरोना भाइरस (कोभिड १९) को महामारी रोक्न गरिएको लकडाउनले जनजीवन प्रभावित बनिरहेको छ ।

कमेन्ट गर्नुहोस्