रोनाल्डोले मिस गरे पेनाल्टी

14 Shares

विदेश । इटालियन कप फुटबल प्रतियोगिताको फाइनलमा युभेन्ट्स पुगेको छ । सेमिफाइनलको खेलमा एसी मिलानलाई पाखा लगाउँदै युभेन्ट्स फाइनलमा पुगेको हो। युभेन्ट्सले जुन १७ मा हुने फाइनलमा नापोली वा इन्टर मिलानसँग उपाधिका लागि भिडन्त गर्नेछ। शुक्रबार राति घरेलु मैदानमा खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा एसी मिलानलाई गोलरहित बराबरीमा रोक्दै युभेन्ट्स फाइनलमा पुगेको हो।

दुवै लेगको नतिजा १—१ भएपछि युभेन्ट्स ‘अवे गोल’ का आधारमा फाइनलमा पुगेको हो। दोस्रो लेग खेलको सुरुमै युभेन्ट्सका अनुभवी पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो पेनाल्टी प्रहारमा गोल गर्नबाट चुकेका थिए। खेलको १६औं मिनेटमा उनले पेनाल्टी प्रहारको अवसर पाएका थिए। खेलको १७औं मिनेटमै एसी मिलान १० खेलाडीमा समेटिएको थियो। एसी मिलानका एन्टी रेबिक सीधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

युभेन्ट्सले हालसम्म सर्वाधिक १३ पटक इटालियन कपको उपाधि जितिसकेको छ। युभेन्ट्सले पछिल्लो पटक सन् २०१८ मा उपाधि हात पारेको थियो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित लिग पुनः सुचारु भएको हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्