देश । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । प्रि- ओप्नीङमा केहि उकालो लागेको नेप्से ७१.०६ अंकले घटेर २८३४.४१ अंकमा पुगेको छ । २ सय २७ कम्पनिको सेयर कारोबार ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६ सय ७३ को भएको छ । आज बजार उकालो लाग्ने अनुमान गरिएयता पनि अन्तत: ७१ अंकले ओरालो लग्यो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ८.४० अंकले घट्दै ५२०.१५ मा कारोबार बन्द भएको छ । समूहगत परिसूचकतर्फ १३ वटै सूचांक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचांक ४ सय ५१.११ अंकले घटेको छ । त्यस्तै, नीर्जीवन बीमा समूहको कारोबार ४ सय २९.६३, लघुवित्त समूहको १ सय ५ , विकास बैंक समूहको २ सय १०.२१, जलविद्युत समूह १ सय ५०.२४ , बैंकिङ समूहको ३४.७९ र उत्पादनमूलक समूह १ सय ७१.१९ अंकले घटेको छ । यस्तै , आज कमाउनेमा सबै भन्दा बढी नारायणी डेभ्लोपमेन्ट बैंक रहेको छ । यसको मुल्य ९.९७ प्रतिशतले ६५ रुपैयाँ वृद्धि भै ७ सय ७१ पुगेको छ ।
यस्तै , मुल्य बढ्ने अन्य कम्पनिमा कुमारी बैंक लिमिटेडको प्रमोटर सेयरको १२ रुपैयाँ , हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभ्लोपमेन्ट कम्पनि लिमिटेडको १७ रुपैयाँ , नेपाल दूरसञ्चार अर्थात् एन्टीसीको २२ रुपैयाँ र बरुण हाइड्रो कम्पनि लिमिटेडको ८ रुपैयाँ रहेका छन् । लगातार बजार ओरालो लागिरहेका कारण लगानीकर्ता भने अस्थिर हुन् थालेको समाजिक सञ्जालमा देख्न सकिन्छ ।







