२ हजार ६ सय ३४ संक्रमित

देश । पछिल्लो २४ घण्टामा थप ३ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगैनेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका छन् ।

क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६१ हजार २६२ रहेका छन् । त्यसैगरी आइसोलनमा रहनेको संख्या २ हजार ३३५ जना रहेका छन् । २४ घन्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या २९० रहेको छ । नारायणी अस्पतालबाट ५ जना र कलैया अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८४ हजार १ सय ३४ परीक्षणहरु गरिएका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखा र पाल्पा गरी १० जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्