सिड्नीको रकडेलमा ‘जय हो हेयर एण्ड ब्यूटी’

5 Shares

राजन घिमिरे

विदेश । अस्ट्रेलियाको सिड्नीमा लामो समयदेखी सौन्दर्य क्षेत्रमा ‘जय हो इन स्टाईल’ले आफ्नो प्रभाव राम्रैसंग जमाइ रहेको छ । अस्ट्रेलियामा नेपालीहरूबाट सन्चालित पहिलो बुटिकको रूपमा स्थापित भएको ‘जय हो इन स्टाइल’ सिड्नीको नेपालीहरुको बाहुल्यता रहेको रकडेलमा अबस्थित छ । प्रवासी नेपालीसंगै विदेशीहरुलाई पनि सात वर्षदेखी सेवा प्रदान गर्दै आइरहेको यस बुटिकले ग्राहक माँझ आफ्नो छाप छोड्न सफल भइसकेको छ ।

जय होबाट सेबा लिने रगडेल निबासी मेलिना सुबेदी भन्छिन -‘ हामीले यहाँबाट चाहिएको शृंगार तथा पहिरनका साम्रागीहरू सुपथ मूल्यमा पाईरहेका छौ’ स्थानीय मेलिना सुवेदीले भनिन् ,’हाम्रो विश्वास यसले जितिसकेको छ ।’ जय हो इन स्टाईलसंगै अब यसका सन्चालक राज अधिकारी र शोभा पण्डित अधिकारी ‘जय हो हेयर एण्ड ब्यूटी’को संचालनको तयारीमा छन् । ‘सिड्नीको रकडेलमा नै अब ग्राहकहरुले जय हो इन स्टाईल र जय हो हेयर एण्ड ब्यूटीबाट एकैपटक सेवा लिन सक्नेछन’ अधिकारी दाम्पतिले जानकारी दिए ।

अगस्ट १ मा शुभारम्भ गरेर आफ्नो यात्रा अगाडि बढाउन लागेको यसमा मेकअप ,हेयर, नेल्स , फेसियल ,थ्रेडिंग,मेन्स हेयर कटिंग लगायत सौन्दर्यका सम्पूर्ण कामहरू गरिने छ । यो सोमबारदेखी आइतबारसम्म खुल्ला रहने छ ।

कमेन्ट गर्नुहोस्