काठमाण्डौमा ४ रेक्टरस्केलको भूकम्प

देश । शनिवार साँझ राजधानी तथा आसपासमा भूकम्पको धक्का महशुश गरिएको छ । साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नागरिकलाई जानकारी दिए । भूकम्पले केहि समय काठमाडौं वरपर रहेका क्षेत्रमा कम्पन्न उत्पन्न गराएको थियो ।

भूकम्पको धक्का महसुस भएपछी राजधानी तथा आसपासला वासिन्दाले सामाजिक सञ्जाल मार्फत आफ्नो प्रतिक्रिया शेयर गरिरहेका छन् । केहिले थाहा पाएको तथा केहिले थाहा नपाएको प्रतिक्रिया सामजिक सञ्जालमा आइरहेको छ । गत विक्रम संवत २०७२ साल वैशाखमा १२ र २९ गते भूकम्प आएपछि यतिबेला आउने विभिन्न कम्पन्नले सामाजिक सञ्जालमा राम्रै चर्चा पाउने गरेको छ ।

कमेन्ट गर्नुहोस्