हङकङमा ऋचा र अर्पणसँगै ‘सुनकेसरी’

जयहोस् । नेपालमा बनेका हरर फिल्ममा सफल मानिने ‘सुनकेसरी’ लाइ हङकङमा रिलिज गरिने भएको छ । नेपालमा इनिसियल रुपमा सफल मानिएको फिल्मलाइ हङकङबासि नेपालीले यसकी नायिका तथा निर्मात्री ऋचा शर्मा र निर्देशक अर्पण थापासँगै बसेर हेर्न पाउनेछन् । आउदो अक्टुबर १४ मा हुने शोलाइ लक्ष्मी चन्दले अर्गनाइज गरेकी हुन् भने यसलाई इनिश लिम्बु र मनिष लिम्बुले कोर्डिनेसन गरिरहेका छन् । पछिल्लो समय नेपाली फिल्मको लागि राम्रो मानिने देश हङकङमा यसअघि पनि यसै समुहद्वारा फिल्महरु शो भइसकेका छन् । हङकङ स्थित सिनेमाज जीएचमा स्थानीय समय अनुसार फिल्म ९ बजे प्रदर्शन हुनेछ । फिल्मको बुकिङ्ग राम्रो भईरहेको र स्थानीयले फिल्म प्रति चासो देखाएको आयोजकले जनाएका छन् । हरर फिल्म ‘सुनकेसरी’ को छायाँकन अस्ट्रेलियाको विभिन्न सहरमा गरिएको छ । फिल्ममा ऋचासँगै सन्नी ढकाल , रविन्द्र झा लगायतको पनि अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्