टुँडिखेलमा माघीको रौनक (फोटो फिचर)

15 Shares

देश । राजधानी स्थित टुँडिखेलमामा माघीको रौनक देखिएको छ । अघिल्ला वर्ष झैँ यस वर्ष पनि थारु समुदायले यस पर्वलाई धुमधामका साथ मनाएका छन् । माघ थारु समुदायका लागि एउटा चाडमात्रै होइन, उनीहरुले यस दिनलाई नयाँ वर्षका रुपमा समेत मनाउँदै आएका छन् ।

बुधबारबाट थारु समुदायको नयाँ वर्ष २६४३ औं सुरु भएको छ , जसको रौनकता टुँडिखेलमामा देखिएको छ । माघ १ गतेका दिन थारु समुदायहरु आ-आफ्नो पायक पर्ने ठाउँमा भेला भएर नाचगान, भेला, बैठक, तथा छलफल गर्नुका साथै परिकारको स्वाद लिदै मनाउँछन् । काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा भेला भएर माघ १ को खुशियाली साटेकाछन् । आफ्नो भेषभूषासहित आएका युवायुवतीले नाचगान गर्नुका साथै झाँकी प्रदर्शन गरे ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्