मध्य बानेश्वरमा ‘सेन्ट्रल क्याफे’ (फोटो फिचर)

फिल्म । पछिल्लो समय स्वदेशमै केहि गर्ने अभिप्रायले थुप्रै युवाले ब्यबसायको थालनी गरेका छन् । तर प्रायको गुनासो नै राजनीतिक अस्थिरता रहने गरेको छ । नियमसंगत काम गर्न पनि झन्झट बेहुर्नु परेपछि केहि निराश पनि हुन्छन तर निराशामा भविष्य देख्ने पनि कम छैनन् । झन्डै दशक लामो बहिराइन बसाइपछी नेपालमै केहि गर्ने उदेश्यका साथ जितु खड्काले मध्य बानेश्वरमा सेन्ट्रल क्याफे संचालनमा ल्याएका छन् ।

झन्डै सात वर्ष अगाडी नै उनले सिनामंगलमा र त्यसपछि नयाँ वानेश्वरमा उनले सेन्ट्रल क्याफे संचालन गरिसकेका छन् । तर उनि विदेशीएसँगै उनले त्यहाँको क्याफे छाडेका थिए तर उनि स्वदेश फर्किएपछी अब यहि केहि गर्ने उदेश्यले क्याफेलाई संचालनमा ल्याएका छन् । ‘झन्डै ३ महिना भयो हामीले संचालन गरेका छौ’ जितु भन्छन ‘यहाँ म:म चाउमिन देखि लिएर हरेक किसिमका परिकार पाइन्छ ।’

उनले पछिल्लो समय चिकेन पिज्जा मोमो र सेन्ट्रल फ्राइड चिकेनलाइ अत्यधिक रुचाइएको बताए । मध्य बानेश्वरमा रत्नराज्य स्कुलको अपोजिटमा रहेको सेन्ट्रल क्याफेमा भेटिएका गायक अनिल सिंहले पनि परिकार स्वादिष्ट रहेको बताए । ‘नेपालीले खोज्ने हरेक किसिमको परिकार यहाँ पाइदो रहेछ’ अनिलले भने ‘फुर्सदको समयमा खाजा खान आउने गरेको छु ।’ उनले खाजा स्वस्थकर रहेको समेत बताए । तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्