देश । आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको घोषणा गरेका छन् ।
अर्थमन्त्री पौडेलले शनिबार बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिनको लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने जानकारी दिए । सडक दस्तुरमा छुटसंगै सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्










