राष्ट्रियसभाबाट गुठी विधेयक सर्वसम्मतले फिर्ता

19 Shares

देश । राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले वैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव उपर छलफल गर्दै राष्ट्रियसभाले सर्वसम्मतले विधेयक फिर्ता गरेको हो । जनताको भावना कदर गरेर प्रस्तुत विधेयक फिर्ता लिइ आवश्यक छलफल तथा परामर्श गर्ने निर्णय गरिएको जानकारी गराउँदै उनले विधेयक फिर्ताका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

साथै , उनले गुठी विधेयक फिर्ता भएपछि खारेजीको मागप्रति आश्चर्य व्यक्त गरिन् ।’जुन चिज थियो झिकेर लगियो , अब कुन चिज खारेजी गर्ने हो’, अर्यालले सोधिन्, ‘गुठी विधेयक सरकारसँग जोरी खोज्ने निहुँ बनाउनुभन्दा विकास र समृद्धिको छलफलमा सहभागी हुन म आग्रह गर्दछु ।’

राष्ट्रियसभामा गत वैशाख १७ गते विधेयक दर्ता भएको थियो । भने , विधेयक जेठ ६ गते राष्ट्रिय सभामा प्रस्तुत भएको थियो भने जेठ १३ गते सामान्य छलफल भएको थियो । विधेयकमाथि सांसदहरूले ६ वटा संशोधन समेत दर्ता गराइसकेका थिए । तर राजधानीमा विधेयकविरूद्ध व्यापक प्रदर्शन भएपछि सरकारले फिर्ता लिने निर्णय गरेको थियो । गत असार ३ गते मन्त्री अर्यालले विधेयक फिर्ता लिने निर्णयबारे जानकारी दिएकी थिइन् ।

Facebook Comments