देश । पछिल्लो समय कोरोना भाइरस संक्रमण भइ मृत्यु भएकाहरुको अंग निकालिने गरेको हल्ला फैलिरहेको छ । केहि युट्युब च्यानलमा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने सुब्बा सुब्बा लिम्बु पक्राउ परेका छन् ।
आफूलाई प्राकृतिक चिकित्सक बताउने लिम्बुलाई महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा सोमबार पक्राउ परेको हो । ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।
कमेन्ट गर्नुहोस्










