विदेश । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप तयार भएसँगै विश्वका धेरै मुलुकहरुले आपतकालीन रुपमा यसको प्रयोग सुरु गरेका छन् । खोप सुरु भएका अधिकांस मुलुकमा कोरोना भाइरसको उच्च जोखिममा रहेका समुहलाइ प्राथमिकतामा राखिएको छ । अधिकांस मुलुकले फ्रन्टलाइनरपछी सिनियर सिटीजनलाई प्राथमिकतामा राखेका हुन् ।
यद्दपी , हालै इन्डोननेसियाले सुरु गरेको कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमको योजनाअनुसार सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई खोप दिइनेछ । जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न सकिने र मुलुकको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने सरकारको भनाइ छ । इन्डोनेसियाको कोरोना खोप कार्यक्रमको योजना अन्य मुलुकको भन्दा फरक छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्







