काठमाडौं-२ मा क्षेत्रीय सभापति शर्मासहित ७ जनाको नाम सिफारिस

देश । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-२ क्षेत्रमा सात जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फको उम्मेदवार छनोटका लागि सिफारिसमा परेका सात मध्ये क्षेत्रीय सभापति कबिर शर्मा पनि छन् ।

सिफारिस सूचीमा संविधानसभा सदस्य दीपक कुइँकेल, कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, क्षेत्रीय सभापति शर्मा,मनिष कोइराला, नेविसंघका पूर्व प्रवक्ता यूपी लामिछाने, मनिष कोइराला र शशांक श्री न्यौपाने रहेका छन् ।

काठमाडौं-२ मा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित प्रतिमा गौतम विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी थिइन् ।

कमेन्ट गर्नुहोस्