२६ गतेसम्म मत्स्येन्द्रनाथको जात्रा सक्ने तयारी

देश । विहिबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयलाई लिएर भएको विवाद पश्चात जिल्ला प्रशासन कार्यालय ललितपुमा सम्बन्धित सरोकारवालाको बैठकले जात्रा भदौ २६ गतेसम्ममा सक्ने निर्णय गरेको छ । सीडीयो, मेयर, एसएसपी, गुठी सस्थान प्रमुख, गुठियार लगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सो बैठकले २१ गते क्षमा पुजा गर्ने, २२ गते रथ बाट मुर्ति तल झार्ने र प्रतिकात्मक रुपमा रथ तान्ने निर्णय भएको हो । उपयुक्त साईत हेरेर रथ बाट मुर्ति निकालेपछि २६ गते सम्म बुङमती पुर्‍याइने तयारी ललितपुर महानगरपालिकाले गरेको छ । यस्तै , ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो। विहिबार ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडप भएपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्