फिनकनेक्स प्रवर्द्धक बने घिमिरे दम्पती

देश । हास्य कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढा ) र सितादेवी तिमल्सेना (चन्द्रमुखी ) अष्ट्रेलियाको फिनकनेक्स फाईनान्सियलको ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त भएका छन । कम्पनीले घिमिरे दम्पतिलाई बुधबार आफ्नो कम्पनीको ब्राण्ड ऐम्बेष्टरको रूपमा नियुक्त गरेको हो । ६ बर्षदेखी अष्ट्रेलियामा सेवा प्रदान गर्दै आइरहेको फिन कनेक्सका प्रमुख बिष्णुप्रसाद अर्यालले आफ्नो कम्पनीको प्रवर्द्धन गर्ने उदेश्यले घिमिरे दम्पतिलाई प्रवर्द्धकका रुपमा अनुबन्ध गरेको बताए ।

यसको केन्द्रीय कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ भने मेलबर्न,एडिलेट र ब्रिसबेन लगायतका शहरहरूबाट पनि सेवा दिदै आइरहेको छ । नेपाली समुदायसँग सेवाभावले जोडिएको यो सस्था स्थानीय ४० बढी बैङ्कसँग आवद्ध छ । प्रमुख अर्यालले पछिल्लो पाँच वर्षमा पाँच सय बढी घरको किनबेचमा कम्पनिको सहभागिता रहेको जानकारी दिए ।

पछिल्लो समय नेपालीको घनत्व बढिरहेको अस्ट्रेलियाको कम्पनिसँग जोडिन पाउँदा आफुलाई खुसि लागेको कलाकार घिमिरेले बताए । कलाकार दम्पतीले अब कम्पनीको प्रचारप्रसारमा साथ दिने छन भने चाडै अष्ट्रेलियामा कम्पनीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउने छन् ।

कमेन्ट गर्नुहोस्