यतीको जहाज धावनमार्गमा चिप्लियो, सम्पूर्ण यात्रु सकुशल

11 Shares
फाइल तस्वीर

देश । आज केहि समय अगाडी यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको हो ।

विमान चिप्लिए पनि सम्पूर्ण यात्रु सकुशल रहेको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले दिएका छन् । धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिए ।

Facebook Comments