आलमको मुद्दामा अदालतले माग्यो घटनासम्बन्धी सबै विवरण

देश । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । पहिलो संविधानसभा निर्वाचनताका २७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तर लगायतलाई जीउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमको घटनासम्बन्धी सबै विवरण भएको फाइल झिकाउने आदेश सर्वोच्चका न्यायाधीश डा.मनोजकुमार शर्माको इजलाशले आइतबार दिएको हो ।

जिल्ला अदालत रौतहटको आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई उच्च अदालतले सदर गरेपछि जिल्ला र उच्च अदालतको आदेश बदरको माग गरेर ३१ भदौमा आलमले सर्वोच्चमा निवेदन दिएका थिए । आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्