कोरोना भाइरसबाट २७ लाख संक्रमित

Photo Credit : CNN

विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २६ लाख ९९ हजार ३ सय ३८ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ८८ हजार ४ सय ३७ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ७ लाख ३७ हजार ७ सय ३५ जना निको भएका छन् ।

पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिएको राष्ट्रमा पर्छ , संक्युक्त राज्य अमेरिका र युरोपको स्पेन , इटाली तथा फ्रान्स । यी देशमा मृत्युदर र संक्रमणको दर बढ्दो छ । अमेरिकामा मृतक संख्या ५० हजार १ सय ७७ पुगेको छ भने इटाली मृतक संख्या २५ हजार ५ सय ४९ पुगेको छ । यसैगरी अमेरिकामा संक्रमितको संख्या ८ लाख ८७ हजार ७ सय ८७ पुगेको छ भने इटालीमा संक्रमितको संख्या १ लाख ८९ हजार ९ सय ७३ जना पुगेको छ । अमेरिकामा ८१ हजार ७ सय ९२ जना संक्रमण मुक्त भएका छन् भने इटालीमा ५७ हजार ७ सय ७६ जना संक्रमण मुक्त भएका हुन् ।

स्पेनमा मृतक संख्या २२ हजार १ सय ५७ पुगेको छ भने संक्रमितको संख्या २ लाख १३ हजार २४ जना पुगेको छ । फ्रान्समा मृतक संख्या २१ हजार ८ सय ५६ पुगेको छ भने संक्रमितको संख्या १ लाख २० हजार ८ सय ४ पुगेको छ । बेलायतमा मृतक संख्या १८ हजार ७ सय ३८ जना र संक्रमितको संख्या १ लाख ३८ हजार ७८ जना पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या ५ हजार ५ सय ७५ जना रहेको छ भने यहा १ लाख ५३ हजार १ सय २९ जना संक्रमित रहेका छन् ।(एजेन्सी)

कमेन्ट गर्नुहोस्