देश । पहिरोको कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक झरेको हो । यसले गर्दा यात्रुहरु रोकिएका छन् ।
यद्दपी सडक खुलाउन प्रयास भने भइरहेको छ ।
कमेन्ट गर्नुहोस्








