दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीलाई कोरोना संक्रमण

विदेश । दक्षिण सुडानका उपराष्ट्रपति दम्पतिलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति रिक माशरलाई पनि परीक्षण गरिएको हो । मे १३ मा जाँच गर्दा उपराष्ट्रपति माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना देशको रक्षामन्त्री छिन् ।

माशरको उमेर ६० वर्षभन्दा बढी छ । माशरका बडीगार्ड र केही सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण सुडानमा २ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्