विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १५ लाख १३ हजार ३ सय ५८ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ४ सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार तीन लाख १ हजार ९ जना निको भएका छन् ।
मृत्यदर इटाली र अमेरिकामा बढ्दो छ । इटालीमा मृतक संख्या १७ हजार ६ सय सय ६९ पुगेको छ भने संयुक्त राज्य अमेरिकामा मृतक संख्या १४ हजार ७ सय ३९ पुगेको छ । यसैगरी इटालीमा संक्रमितको संख्या एक लाख ३९ हजार ४ सय २२ पुगेको छ भने अमेरिकामा संक्रमितको संख्या ४ लाख ३० हजार तिन सय ७६ पुगेको छ ।
स्पेनमा मृतक संख्या १४ हजार ७ सय ९२ पुगेको छ भने संक्रमितको संख्या १ लाख ४८ हजार २ सय २० पुगेको छ । फ्रान्समा मृतक संख्या १० हजार ८ सय ६९ पुगेको छ भने संक्रमितको संख्या १ लाख १३ हजार ९ सय ६५ पुगेको छ । बेलायतमा मृतक संख्या ७ हजार ९७ र संक्रमितको संख्या ६१ हजार ४ सय ७४ पुगेको छ । (एजेन्सी)










