बेबारिसेहरुको वारिस सपना

देश । मंगलवार बेलुकी देखि नेपाली चेली सपना रोका मगरको चर्चा बढ्दो छ । केहि वर्ष यता सामाजिक अभियन्ता विनयजंग बस्नेतसँग बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी सपना बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा परेकी छिन् । बीबीसीले सन् २०१३ देखि प्रकासित गर्दै आइरहेको १०० महिला कार्यक्रम शृङ्खला अन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा सपना परेसँगै उनको चर्चा बढेको हो । ।

सडकमै अलपत्र परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा निरन्तर खट्दै आएकी सपनाले विनयसँग झन्डै ३ सय बढी शवको अन्तेष्टी गरिसकेकी छिन् । झन्डै ४ वर्ष अगाडी आफु पनि सडक जीवन बिताएको सम्झिदै सपनाले यो कार्य आफ्नो आत्मशान्तिको लागि गर्दै आएको बताएकी छिन् ।

‘मैले सामाजिक सञ्जालमा विनय ड्याडीको गतिविधि नियाल्दै आइरहेकी थिए । कसरि जोडिने भन्ने चिन्ता थियो र जोडिएपछी सक्रिय भएर काम गरिरहेकी छु’ सपनाले भनिन् । बीबीसीद्वारा प्रकाशित गरेको १०० महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बेलायती वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ फाङ लगायतका प्रभावशाली महिलाको सुचीमा परेकी सपनाले आफुलाई उर्जा मिलेको बताइन ।

सपनासँग गरिएको कुराकानी :-

कमेन्ट गर्नुहोस्