‘नागरिकलाई खोप देउ’

देश । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको कोभिड-१९ अनुगमन समितिले गरेको प्रदेश २ स्तरीय अन्तरक्रियालाई भर्चुअल सम्बोधन गर्दै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पाउनुपर्ने माग गरेका छन् । सभापति देउवाले हरेक नागरिकले खोप नपाउँदासम्म कांग्रेसले खबरदारी गर्ने बताए ।

महामारी नियन्त्रणमा सरकार असफल भइसकेको भन्दै उनले अझै पनि सरकार गम्भीर भए अवस्था सुध्रन सक्ने बताए । खोप खरिद गर्न र बिरामीको उपचार गर्नसक्ने सरकारले नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै देउवाले जनताको ज्यानभन्दा सरकार जोगाउने काममा बढी सक्रिय भएको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्