देश । नेपालमा दर्ता भएको सामाजिक सञ्जाल वीटकले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ । सम्झौताअनुसार, नोर्बु र सुस्मिताले वीटकले निर्माण गर्ने म्युजिक भिडियोमा अभिनय गर्नेछन् । दुवै डान्सरले अन्तर्राष्ट्रिय डान्स प्रतियोगिताहरूमा सहभागिता जनाउँदै विश्वव्यापी पहिचान बनाएका छन् ।
वीटकको माउ कम्पनी साराश मिडिया ल्याब्सका प्रमुख सञ्चालक क्षितिज दाहालले डान्स समुदायसहित सम्पूर्ण कन्टेन्ट क्रिएटरलाई जोड्ने कार्य भइरहेको बताए ।
उनले भने, ‘हाम्रो एपमार्फत क्रिएटरहरूको सिर्जनालाई अनलाइन र भौतिक माध्यमबाट प्रस्तुत गर्नेछौं । तत्काल भुक्तानीको व्यवस्थाले नयाँ सिर्जनालाई प्रोत्साहन गर्नेछ । नोर्बु र सुस्मिताजस्ता अन्तर्राष्ट्रिय हिपहप कलाकारलाई जोड्दै हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत रूपमा विकास र विस्तार गर्ने हाम्रो योजना छ।’
वीटकले हिपहप समुदायलाई केन्द्रमा राखेर ‘क्रिएटर इकोनोमी’ निर्माण गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत प्रतिस्पर्धा, क्यास गिभअवे, डान्स च्यालेन्जलगायत अनलाइन र भौतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। उपभोक्ताले वीटक एप डाउनलोड गरी लगइन गरेर आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।










