काठमाण्डूमा अष्ट्रेलियन एण्ड क्यानेडियन एजुकेशन फेयर

201 Shares

देश । विगत दश वर्ष देखि शैक्षिक क्षेत्रमा सक्रिय र क्रियाशील एजुकेशन कन्सल्टेन्सी हो , एजुकेशन एण्ड माइग्रेशन कर्नर । उच्च शिक्षा अध्यनको लागि अष्ट्रेलिया जान चाहने थुप्रै नेपाली विधार्थीहरुको सपनालाइ सकार पार्दै उनीहरुको विश्वास जित्दै आइरहेको छ । यसै बीच एजुकेशन एण्ड माइग्रेशन कर्नरले आउँदो शुक्रबार अर्थात् सेप्टेम्बेर १३ तारिखका दिन राजधानी स्थित शंकरदेव कलेजसंगै अधैत मार्गमा रहेको आफ्नै कार्यालयमा अष्ट्रेलियन एण्ड क्यानेडियन एजुकेशन फेयरको आयोजना गर्ने भएको छ ।

यसअघि कर्नरले विर्तामोड र दमकमा यसप्रकृतिको कार्यक्रम सफलताका साथ् सम्पन्न गरिसकेको छ । कर्नरका सिड्नी निर्देशक सुनिल उप्रेतीका अनुसार विर्तामोड र दमकमा सम्पन्न भएको यो फेयरबाट धेरै विधार्थीहरु लाभान्वित भइसकेका छन् । ‘बढी भन्दा बढी र सबै क्षेत्रका विधार्थीहरुले उच्च शिक्षा अध्यनका बारेमा जानकारी पाउन भन्ने उदेश्यले हामीले आफ्नै कार्यालयमा यो फेयरको आयोजना गर्ने निधो गरेका हौ’ उप्रेतीले जानकारी दिए । फेयरमा अष्ट्रेलिया र क्यानडा सहित एक दर्जन कलेज तथा युनिभर्सिटीहरुको सहभागिता रहने समेत जनाइएको छ ।

फेयरमा विधार्थीहरुले अष्ट्रेलिया र क्यानडा लगायत आयोजक संस्थाका शैक्षिक विज्ञहरुसंग सिधा सम्पर्क राख्न पाउने र कलेज तथा युनिभर्सिटीको बारेमा प्रत्यक्ष जानकारी लिन पाउने भएकाले पनि यो फेयर विधार्थीहरुका निमित फलदायी हुने एजुकेशन एण्ड माइग्रेशन कर्नरको विश्वास छ । फेयरमा सहभागी हुन् आउने विधार्थीहरुका लागि विभिन्न उपहारको व्यस्था समेत गरिएको छ ।

Facebook Comments