देश । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा भदौ ५ गतेसम्म लकडाउन हुने भएको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको वैठकले साउन २९ गतेदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीको उपस्थितिमा सम्पन्न बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन अवधिमा स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी ढुवानी जस्ता अत्यावश्यकीय सेवा सञ्चालनमा आउन दिइने छ भने बुटवल हुँदै चल्ने लामो दुरीका सवारीका साधनलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने वैठकले निर्णय गरेको छ । खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै र दूध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म लकडाउनको समयमा खुल्न पाउने छन् ।










