२४ जना डीएसपी एसपीमा बढुवा

देश । देश पछिल्लो समय लकडाउनमा छ । कोरोना भाइरस (कोभिड १९) को महामारीलाई रोक्न सामाजिक दुरी कायम गर्नु पर्ने भएकाले नेपालमा पनि गत चैत्र ११ गतेदेखि लकडाउन छ । यसैबीच प्रहरी प्रधान कार्यालय नक्सालले २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ । बुधबार बसेको बढुवा समितको बैठकले यस्तो निर्णय गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिँह, राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजज सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धताल, दयानिधि धिताल र राजेन्द्रप्रसाद धमला रहेका छन् ।

हेर्नुस् लिस्ट

कमेन्ट गर्नुहोस्