विदेश । पछिल्लो समय कोरोना भाइरसको त्रास विश्वमै बढ्दो छ । यसको रोकथामका लागि उच्च सतर्कता बढाईदै छ । अनावश्यक रुपमा एक स्थानबाट अर्को स्थानमा नजान सरकारले आग्रह गरिरहेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण पछिल्लो समय युरोपको केहि सहर र अमेरिकामा बढ्दो छ । चीनमा नयाँ संक्रमण र मृत्युदरमा कमि आएपनि अन्य देशले यसले महामारीको रुप लिइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गर्दै त्यसको रोकथाममा लागिरहेको छ ।
कोरोना भाइरसको संक्रमणकै कारण इटालीमा एक दिनमै ८ सय मारिएका छन् । शनिवार संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछी इटालीले आफ्नो अति प्रभावित लोम्बर्डी क्षेत्रमा थप कडा नियमको घोषणा गरेको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ९५ जनाको मृत्यु भइसकेको लोम्बर्डीमा शनिबार अबेर भएको घोषणा अनुसार घर बाहिर कुनै पनि प्रकारको खेल तथा शारिरिक गतिविधि (व्यक्तिगतसमेत) गर्न पाइने छैन । यसैगरी ‘भेन्डिङ मेसिन’को प्रयोगमा पनि उसले प्रतिबन्ध लगाएको छ । हालसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ। (एजेन्सी)