देश । अघिल्लो वर्ष झैँ चलचित्र पत्रकार संघ मकवानपुरले शाखाले स्थापाना दिवसको अवसरम एक कार्यक्रमको आयोजना गर्दै मनाएको छ । जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरका यो वर्ष ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी/कवि डा. नवराज लम्साल सम्मानित भएका छन् । २० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा हेटौँडामा भएको कार्यक्रमकाबीच उहाँलाई नगद ११,१११ राशी सहित सम्मान गरिएको हो । तिन दशक भन्दा लामो समय नेपाली कला , साहित्य र फिल्मी क्षेत्रमा कलम चलाउनु भएका डा. लम्साल हाल रेडियो नेपालमा कार्यरत छन् ।
सोही अवसरमा शाखाले यो वर्ष ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट मकवानपुरबाट नेपाल समाचारपत्रमा कलम चलाउदै आउनु भएका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरेको छ । पराजुलीलाई नगद ५ हजार राशीसहित पुरस्कृत गरिएको हो । हेटौंडाबाट विस २०५२ सालदेखि कामना न्युज पब्लिकेशन प्रालिमा नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका पराजुली हेटौंडाबाटै प्रकाशित हेटौंडा सन्देशका पनि कार्यरत रहेका छन् । यसैगरी यस वर्ष द्धन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्कीलाई चलचित्रकर्मी सम्मान २०७६ बाट सम्मान गर्ने निर्णय गरेको थियो । तर उनि पारिवारिक समस्याले कार्यक्रममा आउन असर्मथ रहे । उनलाई कुनै कार्यक्रमका बीच सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।
नेपाली काँग्रेस प्रदेश ३ का ससदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, पूर्व महासचिव पोषण केसि, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट,चलचित्र पत्रकार संघका केन्द्रीय पूर्व कोषाध्यक्ष निराजन भण्डारी, वानका केन्द्रीय उपाध्यक्ष उज्जवल चौलागाई, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि हुमागाई, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, निर्माण व्यवसायी तथा संघका सल्लाहकार आनन्दराम पराजुली, निर्माण व्यवसायी संघका अध्यक्ष श्याम ढकाल, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कलाकार शोभिता सिम्खडा, अमिर गौतम, शुसान्तकुमार श्रेष्ठ, उज्जवल शर्मा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।