तोकिएकै समयमा ओलम्पिक हुने

विदेश । कोरोना भाइरस (कोभिड १९) को कारण गतवर्ष रोकिएको ओलम्पिक यसवर्ष तोकिएको समयमा हुने जापानी प्रधानमन्त्री योशिहिदे सुगाले जनाएका छन् । उनले टोकियो ओलम्पिक २०२० र पारा ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन् । टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि सुरु हुने र पारा ओलम्पिक अगष्ट २४ मा सुरु हुने जनाईएको छ । ‘खेलहरू यस समरमा हुनेछन् र सुरक्षित हुनेछन्’ प्रधानमन्त्री सुगाले शुक्रबार नयाँ वर्षको अवसरमा गरिएको सम्बोधनको क्रममा बताए ।

टोकियो ओलम्पिक ओलम्पिकको इतिहासमै सबैभन्दा महंगो ग्रीष्मकालिन ओलम्पिक हुन सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री सुगाका अनुसार खेल अघि बढेमा यसले ‘विश्वव्यापी एकताको प्रतीक’ को रूपमा काम गर्न सक्नेमा जोड दिएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्