आचार्यद्वारा विश्वकै ठूलो बाइक बनाएको दावी

विदेश । आज भन्दा करिब २९ वर्ष पहिले बेलायत पुगेका अन्दिप आचार्यले व्यावसायिका रुपमा आफ्नो छुटै पहिचान स्थापित गरिसकेका छन् । उनले लन्डनस्थित नटिनघममा संचालन गरिरहेको गोर्खा किचेन अहिले स्थानीयका लागि लोकप्रिय छ । सौखले बाइक राइडर समेत रहेका आचार्यले हालै ठूलो बाइक बनाएका छन् ।

उनले विश्वकै ठूलो बाइक ‘भी एट’ आफैँले डिजाइन गरेर करिव ९ महिनामा तयार गरेको दावी गरेका छन् । उनले अमेरिकाबाट इन्जिन खरिद गरेर जर्मनीमा रहेको ‘बोस होस’ नामक कम्पनिले तयार गरेको ८४०० सिसि, ७०० केजी, ५४० हर्सपावर र ३२ लिटर फ्युल ट्यांक रहेको बाइक तयार गर्न सफल जानकारी दिएका छन् ।

उनले केही दिन अगाडि मात्र जर्मनीबाट उक्त बाइक लन्डन पुर्याउन सफल भएको बताएका छन् । यद्यपि उनले आवश्यक कागजात जोहो गर्न समय लाग्ने भएकाले एक महिनापछि मात्र उक्त बाइकलाई सडकमा गुडाउन पाउनेछन् ।

कमेन्ट गर्नुहोस्