देश । पछिल्लो विवरण अनुसार २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका १३ जनामा कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना छन् । यस्तै पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, र रुपन्देहीको गैडहवाका २ जना छन् ।
यस्तै , गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा र पर्वतमा ५–५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितहरु स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, पर्वत जिल्लामै पहिलो पटक कोरोना भेटिएको छ । मंगलबार पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको डा शर्माले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय २१ पुगेको छ ।









