ब्राजिल फाइनलमा

खेलकुद । मंगलबार विहान सम्पन्न सेमिफाइनलमा पेरुमाथि संघर्षपूर्ण १–० को जितसहित साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिलको जितमा लुकास पाक्युटा नायक सावित भए । उनले गरेको एक मात्र गोलको मद्दतमा आयोजक ब्राजिल लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुग्न सफल भयो ।

नेइमारले उपलब्ध गराएको पासमा खेलको ३५ मिनेटमा गोल गर्दै पाक्युटाले ब्राजिललाई अग्रता दिलाएका थिए । पेरूले दोस्रो हाफमा ब्राजिलमाथि दबाब राखेपछि फिनिसिङमा सफल हुन सकेन । समूह चरणको खेलमा ४–० ले हारेको पेरुले सेमिफाइनलमा पुगे बलियो चुनौति पेस गरेको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्