राजेन्द्र महतोको वडामा कांग्रेसको उम्मेदवार विजयी

देश । केहि समय यता देश हाक्ने पार्टीका ठुला नेताको वार्डमा नै संगठन कम्जोर देखिएको छ । देशका ठुला शिर्षथ नेताहरुको संगठनले ती नेताहरुले मतदान गरेकै वडामा जित हासिल गर्न सकेको छैन । यहिँ देखिएको छ नेता राजेन्द्र महतोको गाउँमा पनि । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका पूर्व उपप्रधानमन्त्री महतोको गाउँमा नेपाली कांग्रेसका उम्मेद्वारले शम्भु प्रसाद शाह तेलीले वडाध्यक्षमा जित हासिल गरेका छन् ।

नेता महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका साहले ६ सय १२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार कामेश्वर साह तेलीले ५ सय ४४ मत मात्र प्राप्त गरे । लोसपाका वरिष्ठ नेतासँगै राष्ट्रिय राजनीतिमा समेत परिचित नेता महतोको गाउँमा नेपाली कांग्रेसका शम्भुले वडाध्यक्षमा विजय हाँसिल गर्दै कांग्रेसको चारतारे झण्डा फराउन सफल भएका छन् ।

कमेन्ट गर्नुहोस्