जितसँगै बार्सिलोना तेस्रो स्थानमा

0 Shares

विदेश । जारी स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेलाई २-० गोलले पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । अंक तालिकामा एट्लेटिको १८ खेलबाट ४७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको रियल म्याड्रिडको १९ खेलबाट ४० अंक छ भने तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको समान खेलबाट ३७ अंक रहेको छ।

आइतबार भएको खेलमा बार्सिलोनाको जितमा डे जोङले खेलको ३९ मिनेटमा पहिलो गोल गरे । खेल सकिन एक मिनेट बाँकी छदा रिक्वुइ पुइगले दोस्रो गोल गरे । उनले डे जोङको पासमा गोल गरेका थिए। यस्तै , अर्को खेलमा लिगको शीर्ष टिम एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३-१ गोलले हराएको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्