विदेश । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले हराएको छ । बैंग्लोरले चेन्नाईसामु १ सय ७० रनको लक्ष्य पेश गरेको थियो । चेन्नाईको टिम निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रनमा समेटियो । जारी आईपीएल प्रतियोगितामा बैंग्लोरको यो चौथो जित र चेन्नाईको पाँचौ हार हो ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नाईको टोली बैंग्लोरको कसिलो बलिङसामु निरीह देखियो । (एजेन्सी)
कमेन्ट गर्नुहोस्









