देश । केहि दिनमा दसैंको चहलपहल सुरु हुदैछ । यो वर्ष मलमासमा कारण दसैँको साइत केहि ढिलो भएको छ । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल र नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको हो । नेपालमा १० बजेर १९ मिनेट जादाको साइतलाई उत्तम साइट भनिएको छ ।
समितिका अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २५ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ः०७ मा, टेक्सासमा ११ः५७ मा र क्यालिफोर्नियामा ११ः४५ मा टीकाको शुभसाइत जुरेको छ । बेलायतको लण्डनमा ११ः३९ बजेको लागि साइत जुरेको छ ।
यसबाहेक क्यानडाको टोरन्टोमा ११ः४३, पोर्चुगलको लिस्बनमा ११ः३७ र फ्रान्सको पेरिसमा २५ अक्टोम्बरको ११ः४१ मा टीकाको शुभ साइत जुरेको छ । यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्डलगायतका देशमा भने अक्टोम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको छ ।







