१ हजार नेपाली घर फर्किए

फाइल तस्वीर

देश । कोरोना महामारीका कारण विदेशका विभिन्न स्थानमा अड्किएका नेपालीको उद्दारको काम पुनः सुरु भएको छ । सोहीक्रममा आइतबार मात्र १ हजार नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार नेपाल एयरलाइन्सले दुबईबाट १ बच्चासहित १ सय २६ जना, नेपाल एयरलनाइन्सकै जहाजले साउदीको जेहादबाट २ सय ६१ जनालाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सको जहाजले दोहाबाट १ सय ५५ र क्वालालाम्पुरबाट १ सय ५६ जनालाई काठमाडौं ल्याएको छ । दुबईबाट फ्लाइ दुबईले १ सय ६२ र इत्तिहाद एयरवेजले अवुधावीबाट १ सय ४० जनालाई आज काठमाडौं अवतरण गराएको छ ।

कमेन्ट गर्नुहोस्