देश । अभिनेता राजेश हमाल स्वदेशी एक एडेसिभ ब्रान्डसँग जोडिएका छन् । ब्रान्ड एम्बेस्डरको रुपमा जोडीएसँगै आयोजित पत्रकार सम्मेलनमा अभिनेता हमालले विज्ञापन र प्रचारात्मक सामग्रीमा अभिनय गर्ने भएका छन् । उनले उक्त सामाग्रीको उत्पादन यात्रा र आफ्नो फिल्मी यात्राबारे ३५ वर्षको संयोग रहेको प्रसंग सुनाए ।
‘उत्पादनमा गुणस्तरमा कुनै सम्झौता नगर्ने थाहा पाएपछि म जोडिएको हुँ । यसको उत्पादनले मुख्य प्रतिस्पर्धा विदेशी ब्रान्डसँग रहेकाले मलाई जोडिन प्रेरित समेत गर्यो । कुनै एउटा उत्पादनले जुन विश्वास उपभोक्तामा दिलाएर बसेको छ, त्यो ब्रान्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो’, अभिनेता हमालले भने ।


कमेन्ट गर्नुहोस्