हनुमन्त कथा वाचन गर्न नेपाल आइपुगे बागेश्वरधाम सरकार

देश । भारत मध्य प्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) भदौ २ देखि ४ गतेसम्म धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न आज विहान् नेपाल आइपुगेका छन् । एअर इन्डियाको विमानबाट विहान काठमाडौं अवतरण गरेका बागेश्वरधामलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनै शुभेच्छुकले स्वागत गरेका थिए । चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा उहाँको नेपाल यात्रा तय भएको हो ।

बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र अध्यात्मिक गुरुका रुपमा परिचित छन् । उनले आज काठमाडौँमा आफ्ना भक्तजन, कलाकर्मीलाई सहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भटने कार्यक्रम रहेको कार्यक्रम व्यवस्थापन समुहका सदस्य जनक खड्काले जानकारी दिए । साथै, उनले आज नै पशुपतिनाथको दर्शन समेत गर्नेछन् ।

गुरू आचार्य धीरेन्द्रले विमानस्थलमा केही प्रतिक्रिया नदिएता पनि ‘पशुपतिनाथ कि जय’ भनेपछि उनका समर्थकले विभिन्न नारा लगाएका थिए ।

हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्र बनेको चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाम भदौ २, ३ र ४ गते उनले हनुमन्त कथा वाचन गर्नेछन् । भारतको मध्य प्रदेशमा बागेश्वरधामको स्थापना गर्नुका साथै प्रख्यात लेखक समेत रहेका बागेश्वरधाम सरकारले हिन्दू दर्शन र आध्यात्मिकता सम्बन्धी धेरै पुस्तकहरू लेखेका छन् । साथै, सनातन धर्म प्रवर्द्धनका लागि आयोजना गरिने धार्मिक सम्मेलन र कार्यक्रममा गुरू आचार्य धीरेन्द्र नियमित कथा वाचक एवं धार्मिक वक्ताका रुपमा सहभागी हुदै आएका छन् ।

कमेन्ट गर्नुहोस्