चिनियाँ एक्ट्रेस सु बनिन् भ्रमण वर्षको सद्भावना दूत

2 Shares

देश । शनिवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गरिएको छ । कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो ।

कार्यक्रममा चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुशी लागेको जनाइन् । ‘चिङ भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो । आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्नुहुनेछ ।’ पर्यटनमन्त्री योगेश भट्टराईले भने । उनले नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै त्यसो भनेका थिए ।

सन् १९९० मा ‘लाइफ अन ब स्टि्रङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् । ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायतका उनका फिल्मले चर्चा पाएका थिए ।

तपाईको प्रतिक्रिया