भनिसा बनिन् ‘मिस वर्ल्ड २०१८’

विदेश । मेक्सिकोले यस वर्षको ‘मिस वर्ल्ड २०१८’ को उपाधि जितेको छ । चीनको सान्यमा सम्पन्न प्रतियोगितामा मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन् । २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै आफुलाई मिस वर्ल्ड बनाउन सफल भइन ।

पेसाले मोडल समेत रहेकी भनिसा टप १२ बाट नै सबैको नजरमा परिरहेकी थिइन् । साथै , मिस वर्ल्ड २०१७- मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन् । यसैगरी नेपालबाट प्रतिनिधित्व जनाएकी मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाको यात्रा टप १२ मै सकियो । उनले मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जित्न्न सफल भइन ।

कमेन्ट गर्नुहोस्