रेखा मोरङबाट चुनाव लड्ने तयारीमा

देश । अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापा मोरङमा बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने चर्चा छ । उनी मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार सिफारिस भएपछि उन्को उम्मेदवारी चर्चामा छ । गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र नम्बर ६ मा पनि उनी उम्मेदवार बन्ने चर्चा छ । यद्दपि उनको उम्मेदवारी राजनीतिक समीकरणले निर्धारण गर्नेछ ।

राप्रपाको नेकपा एमालेसँग हुने चुनावी गठबन्धनले उनको उम्मेदवारी तय हुनेछ । रेखा मोरङबाटै चुनाव लड्ने देखिएता पनि उम्मेदवार बन्ने निर्वाचन क्षेत्रको टुंगो लागिसकेको छैन । रेखा पनि गठबन्धन वा चुनावी तालमेल अनुसार जुनै क्षेत्रबाट पनि उम्मेदवार बन्न सक्ने बताउछिन् ।

कमेन्ट गर्नुहोस्