देश । प्रधानमन्त्री केपी शर्मा ओलिले मन्त्रीपरिषदको आकष्मिक बैठक मार्फत संसद विघटनको सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पुगेको खबर सार्वजनिक हुने वितिकै नेपाली राजनीतिमा तरंग पैदा भएको छ । नेकपाको आकष्मिक कलहको कारण पछिल्लो समय नेपालको राजनीतिमा आइरहेको उतारचढावले जनता मारमा परिरहेकोमा दुइ मत कसैको नहोला ।
संसद विघटन सिफारिसको चर्चा सुनेसँगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त कार्य संविधान र लोकतन्त्र विपरीत रहेको भन्दै राष्ट्रपतिलाई स्वीकार नगर्न आग्रह गरेका छन् । उनले संविधान अनुरुप उक्त प्रावधान नरहेको समेत उल्लेख गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले आफ्नो विचार राख्दै ‘यो संविधान र लोकतन्त्र विपरित र यसलेदेशलाई अस्थिरितातिर धकेल्ने यो कदमको म घोर भत्सर्ना गर्छु’ लेखेका छन् ।
रामचन्द्र पौडेलले लेख्नु भएको स्टाटस यस्तो छ :मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ ।
यो संविधान विपरीत छ , लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ । अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ । म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु । जय नेपाल !मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ । यो संविधान विपरीत छ , लोकतन्त्रको मर्म विपरीत छ र…
Posted by Ram Chandra Paudel on Saturday, December 19, 2020









