दसैँमा मात्र ११ अर्ब बढीको नोट सटही

जयहोस् । नेपाल राष्ट्र बैंकले यसवर्ष दशैं अघिसम्म मात्रै करिब ७९ करोड रुपैयाँ खर्च गरेर ६१ अर्ब रुपैयाँ बढीका नयाँ नोट छपाइ गरेको छ । राष्ट्र बैंकले ठूलो रकम खर्च गरेर आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैयमासमा ४६ करोड ५५ लाख प्रति नयाँ नोट छपाई गरेको हो । राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ करोड प्रति बढी नोट छापेको हो । विशेषगरि विजयादशमीमा टिका लगाएसँगै आशिर्वादसँगै दक्षिण समेत दिने गरिन्छ । खासगरी दक्षिणाको रुपमा नयाँ नोट दिने प्रचलन छ । यसैले गर्दा पनि दसैँ नजिकिदै गर्दा नयाँ नोटको खोजि हुने गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा ४१ करोड ५४ लाख प्रति विभिन्न दरका नयाँ नोट छापिएको राष्ट्र बैंकले जनाएको छ । यसै अवधिमा ५ रुपैयाँ दरका ९ करोड ४२ लाख ५० हजार थान, १० रुपैयाँको ९ करोड ७२ लाख थान, २० रुपैयाँको ६ करोड ९६ लाख ५० हजार थान, ५० रुपैयाँ दरका १० करोड १५ लाख थान र १ सय रुपैयाँ दरका ३ करोड ८३ लाख थान नयाँ नोट छापिएको छ । यसैगरी ५ सय रुपैयाँ दरका २ करोड ८९ लाख ५० हजार थान र १ हजार रुपैयाँ दरका ३ करोड ५६ लाख थान नयाँ नोट छापिएका छन् । दशैंका बेला मात्रै ११ अर्ब ७४ करोड ३७ लाख रुपैयाँको नयाँ नोट सटही गरेको छ ।
कमेन्ट गर्नुहोस्