माघ १० सम्म महरकै नेतृत्व

देश । केहि समय अगाडी नेपाल विधार्थी संघ नेतृत्वले तोकिएको मितिमा महाधिवेशन गराउन नसकेको भन्दै उपाध्यक्ष र महामन्त्री सहितको पदाधिकारीले राजिनामा दिएपछि नेपाली कांग्रेसले नेतृत्वको म्याद थपेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको विषयमा पार्टीले आउदो माघ १० मा निर्णय गर्ने र सो समयसम्म नैं सिंह महरकै नेतृत्व कायम रहने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

विधान अनुसार बुधबार राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति भंग हुँदै थियो । नेविसंघको कार्यसमिति दैनिक कार्यसञ्चालन गर्ने दायित्व निर्वाह गर्नेगरी यथावत रुपमा कायम गरिएको प्रवक्ता शर्माले बताए । यसअघि पटक–पटक म्याद थप भएको भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविंघको अधिबेशन सम्पन्न भइसकेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्