पौडेललाई जेष्ठ नागरिक सम्मान

देश । समाजसेवी सुभद्रा पौडेल सम्मानित भएकी छिन् । राजधानीमा तीज बिशेष आयोजित कार्यक्रमका बीच कुमारी मार्ग महिला समुहले पौडेललाई जेष्ठ नागरिक सम्मानद्धारा सम्मानित गरेको हो ।

कुमारी मार्ग महिला समुह आफ्ना सदस्यहरुको संवृद्धीसँगै सामाजिक कार्यमा समेत रहेको संस्था लागि रहेको छ । कुमारी मार्ग महिला समुहको जेष्ठ सदस्य समेत रहनु भएकी पौडेललाई समुहमा रही खेल्नु भएको महत्वपुर्ण भुमिकाको कदर स्वरुप सम्मान अपर्ण गरिएको आयोजक संस्थाले बताएको छ । शुभद्रा पौडेल चलचित्रकर्मी तथा राप्रपा पार्टीका वरिष्ठ उपाध्यक्ष उद्धव पौडेल र चलचित्रकर्मी उज्वल पौडेलको आमा हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्