गृहमन्त्री थापा भन्छन् ‘विस्फाेटमा मारिने विप्लवका कार्यकर्ता हुन्’

7 Shares

देश । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव समूहले काठमाडौं उपत्यकालाई निशाना बनाएर अपराधिक गतिविधि सञ्चालन गरेको बताएका छन् ।आइतबार र सोमबार विप्लव समूहले काठमाण्डौ उपत्यकालाई आधार बनाएर आपराधिक क्रियाकलाप गरिरहेको र आइतबार ४ जनाको ज्यान जाने गरी भएको बम विस्फाेट पनि त्यसैको निरन्तरता भएको मन्त्री थापाले ठहर गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले सोमबारको घटनामा मारिने नागरिक नभई विप्लवका कार्यकर्ता भएको पनि जानकारी दिए ।

विप्लवले गैरकानुनी र संविधान विपरीत जनसरकारको रुपमा जनपरिषद् गठन गरेको र जनसेनाको रुपमा चार वटा कम्पनी बनाएकाले सुरक्षा चुनौती थपिएको गृहमन्त्री थापाले बताए । सरकारले चन्द समूहका गतिविधिलाई प्रतिबन्ध लगाइसकेकाले उनीहरुविरुद्ध थप कडा रुपमा प्रस्तुत हुने पनि बताए ।

गृहमन्त्री थापाले पाँचथरको मिक्लाजुङमा भएको दुई परिवारका नाै जनाको सामूहिक हत्याको घटनाको पनि थप अनुसन्धान भइरहेको जानकारी दिए । अहिलेसम्म १६ जनासँग सोधपुछ र ४० जनाको टेलिफोन रेकर्ड लिएर अनुसन्धान गरिएकाले सत्य तथ्य छिटै बाहिर आउने उनको दाबी थियो ।

Facebook Comments