देश । पछिल्लो समय विश्वनै कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढ्दो छ । विश्व स्वास्थ्य संगठनले नै यसलाई महामारी घोषणा गरिसकेको छ । यसको प्रभाव अर्थतन्त्रमा पनि परेको छ । यसैले गर्दा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज दिन १ रुपैयाँ ७४ पैसाले डलर महँगिदै नेपाल राष्ट्र बैंकले बिक्रीदर मूल्य १२२ रुपैयाँ ३४ पैसा तोकेको छ भने खरिददर मूल्य १२१ रुपैयाँ ७४ पैसा तोकेको छ ।
भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा परेको छ । भारतसहित विश्वका सेयर बजारमा आएको गिरावटपछि डलरको माग बढेको छ। कोरोना भाइरसको प्रभावले अधिकांश मुलुकको अर्थतन्त्र खस्किने भएपछि सेयर बजारमा तीव्र गिरावट आएपछी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ।
कमेन्ट गर्नुहोस्